मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज २ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २ मंगलबार १५:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम एक अर्बभन्दा माथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १५:४५:oo

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १६.२४ अंकले बढेर एक हजार नौ सय ८५.४३ विन्दुमा कायम भएर कारोबार बन्द भएको छ। आज सेन्सेटिभ इन्डेक्स ०.६४, फ्लोट इन्डेक्स ०.८४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ प्रतिशतले बढेको छ।

यस दिन २७२ कम्पनीका ४३ लाख ३६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज सेयर कारोबार रकममा समेत वृद्धि भएको छ। सोमबार ८७ करोड चार लाख ४४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये दुई समूहबाहेक सबैको सूचक बढेको छ। होटेल तथा पर्यटन समूह ०.०९ प्रतिशतले घट्दा व्यापार समूह ०.९३ प्रतिशतले गिरावट आएको छ। आज सबैभन्दा धेरै वित्त समूह १.९५ प्रतिशत र विकास बैंक १.४८ प्रतिशतले बढेको छ।

बजार बढ्दा आज शुभम् पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, थ्री स्टार हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, बलेफी हाइड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, पिपल्स हाइड्रोपावर र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।

आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ।