१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पताल बनाउन दाजुभाइले गरे जग्गा दान

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

गाउँमा अस्पताल नहुँदा आफ्नी आमाले उपचार नपाएर अकालमा ज्यान गुमाएपछि, त्यसैगरी गाउँका कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले अस्पताल निर्माण गर्नका लागि दुई दाजुभाइले दुई रोपनी जग्गा दान गरेका छन्।

रामेछापको सुनापती गाउँपालिका– २ दिमीपोखरीको गाल्पा बतासेडाँडामा सामुदायिक अस्पताल बनाउन स्थानीय डा. दिलबहादुर तामाङले योजना अघि सारेपछि सोही गाउँका मोहनकुमार तामाङ र शम्भु घिसिङले २ रोपनी जग्गा संयुक्त रूपमा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिस्ट्रेसन पास गरेर हस्तान्तरण गरेका हुन्।

दुई दाजुभाइले प्रदान गरेको उक्त जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार करिब ५० लाख रुपैयाँ पर्ने मालपोत कार्यालय रामेछापले जनाएको छ। अहिले निर्माण गर्न लागिएको अस्पताल खाँडादेवी, सुनापती र दोरम्बा गाउँपालिकाको केन्द्रविन्दुमा पर्ने भएकाले उक्त क्षेत्रमा अस्पताल अति आवश्यक रहेको स्थानीयहरूले बताएका छन्।