Skip This
रुपन्देहीमा झडप हुँदा एकको मृत्यु, तीन घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o असोज २ मंगलबार १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीमा झडप हुँदा एकको मृत्यु, तीन घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १२:o३:oo

रुपन्देहीको तिलोत्तमामा भएको झडपमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार विश्वकर्मा पूजापछि रमझमका क्रममा झडप भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा– ९ केवलानीमा भवन निर्माणसँग सम्बन्धित मजदुरहरू आपसमा मिलेर विश्वकर्मा पूजा गरेपछि रमाइलो गर्ने क्रममा झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

‘विश्वकर्मा पूजापछि मदिरा सेवन गरी नाचगानसहितको रमाइलो गरेको र सो क्रममा उनीहरूबीच झडप भएको देखिन्छ, तर घटना संवेदनशील रहेकाले यसलाई फराकिलो दायरा बनाउँदै गम्भीर अनुसन्धानमा प्रहरी जुटेको छ। थप अनुसन्धानपछि नै खुल्छ,’ उनले भने।

झडपमा गम्भीर घाइते भएका हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परी काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइबा, गढी गाउँपालिका मकवानपुरका राजु तामाङ र सोही ठाउँका हस्तसिंह तामाङ घाइते भएका छन्।

घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। झडपमा संलग्न भएको आशंकामा १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।