मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २ मंगलबार ०६:०७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिसलाई महिला भलिबलको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २ मंगलबार ०६:०७:००

नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा सोमबार भएको फाइनलमा पुलिसले न्यु डायमन्ड युथ स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट गुमाएको पुलिसले लगातार तीन सेट आफ्नो पोल्टामा राख्यो ।

पुलिसले न्यु डायमन्डमाथि १८–२५, २५–२२, २५–१४ र २५–२० को सेटमा पराजित गरेको हो । पुलिसले उपाधिसँगै एक लाख ५० हजार र उपविजेता न्यु डायमन्डले एक लाख प्राप्त गरेको आयोजकले जनाएको छ । लिग चरणमा पुलिसले तीन खेलमा सर्वाधिक आठ अंक जोडेको थियो । 

न्यु डायमन्डले तीन खेलमा ६ अंक बटुली फाइनल स्थान सुरक्षित गरेको थियो । पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसबीचको फाइनल खेल प्रकाशको कमीका कारण स्थगित भएको छ । पुलिसले पहिलो सेट २५–१९ ले जितेको थियो । गण्डकीले दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । स्थागित भएको खेल मंगलबार पुनः हुने भएको छ ।