१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको अनुपस्थितिमा सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न जोड

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा मन्त्रीहरूसँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o३:oo

कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल गरेका छन्। रक्षामन्त्रीसमेत रहेका खड्काले सोमबार मन्त्रालयकै कार्यकक्षमा सबै मन्त्रीहरूसँग छलफल गरेका हुन्। त्यसक्रममा उनले जनतालाई सन्तुष्ट पार्ने गरी आआफ्नो मन्त्रालयको कार्यसम्पादनमा लाग्न  जोड दिएको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएकाले खड्का कार्यबाहक प्रधानमन्त्री छन्। छलफलमा सहभागी एक मन्त्रीका अनुसार उनले प्रधानमन्त्री बाहिर रहेका वेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्नुपर्ने बताएका छन्। 

यस्तै, कार्यबाहक प्रधानमन्त्री खड्काले देशको शान्तिसुरक्षामा खलल पुर्‍याउने र नागरिकमा वितृष्णा फैलाउने तत्वहरू सक्रिय हुन खोजेको भन्दै त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्ने बताएका थिए। 

सचिवालयका अनुसार उनले संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्ति–सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आमनागरिकले राहत महसुस गर्ने गरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्ने बताएका थिए।

छलफलमा सहभागी उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति–सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ–आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको पनि खड्काको सचिवालयले जनाएको छ।