१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १८:३८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई महिनामा लक्ष्यको साढे ७ प्रतिशत बजेट खर्च

एक खर्ब ५४ अर्ब राजस्व संकलन

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३८:oo

चालू आर्थिक वर्ष ०८०/८१ को सुरुवाती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको ७.४९ प्रतिशत बराबर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा सरकारले रु एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ।

सरकारले चालू आवका लागि कुल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। सोमध्ये चालू शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् रु ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ। पुँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ। यो शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड बराबरको बजेट छुट्याइएकोमा भदौ मसान्तसम्ममा रु आठ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ।

वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ। मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालू आवका लागि रु तीन खर्ब सात अर्ब ४५ करोड बराबर छ। पछिल्लो दुई महिनाको अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट रु ३५ अर्ब ५१ करोड ३९ लाख खर्च भएको छ।

यही अवधिको सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको १० दशमलव ४७ प्रतिशत बराबर छ । चालू आवका लागि सरकारले कुल रु १४ खर्ब ७२ अर्ब ४८ लाख बराबर बजेट छुट्याउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा रु एक खर्ब ५४ अर्ब २३ करोड ५९ लाख बराबर राजस्व उठेको छ।

कर राजस्व वार्षिक लक्ष्यको नौ दशमलव आठ प्रतिशत अर्थात रु एक खर्ब २७ अर्ब ९५ करोड ६७ लाख र गैरकर राजस्व लक्ष्यको ११ दशमलव २१ प्रतिशत अर्थात् रु १३ अर्ब १२ करोड बराबर उठेको छ। यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन।