१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३० वर्षपछि हुम्लाको मासपुरवासी सबैले पाए लालपुर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o४:oo

हुम्लाको मासपुर गाउँका स्थानीय सबैले ३० वर्षपछि जग्गाको लालपुर्जा पाएका छन्। २४ घरधुरी रहेको मासपुरका सबै घरपरिवारले जग्गाको लालपुर्जा पाएका हुन्।

२४ घरधुरीले २०७९ वैशाखमा लालपुर्जा पाए पनि बाँकी घरधुरीले अहिले मात्रै पाएका हुन्। २०५० साल फागुन १९ गते यहाँको जग्गा जिल्ला मालपोत कार्यालयमा दर्ता भएको थियो। जग्गा दर्ता भए पनि हालसम्म मासपुरवासी लालपुर्जाविहिन थिए।

‘पञ्चायतकालदेखि नै साबिकको मैला गाउँ विकास समिति ७  नम्बर वडाको बदेलचौरमा एक माना चामल र नुन तिरो तिर्दै आएका थियौँ। बल्ल लालपुर्जा हात पर्‍यो,’ स्थानीय दल बुढाले भने।

पटक-पटक नापजाँच भए पनि लालपुर्जा नपाउँदा दुःखी भएका स्थानीय केशबहादुर रोकायाले तीन दशकपछि लालपुर्जा पाउँदा खुसी व्यक्त गरे।