मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज १ सोमबार
  • Monday, 14 July, 2025
मल्टिमिडिया डिजिटल संस्करण

पशुपतिमा तिजको रौनक [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १६:३५:oo

आज हरितालिका तिज, देशभर भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै छ। आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रत बस्ने महिलाहरूको भिड लागेको छ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ।

पशुपति आउने भक्तजनका लागि आज बिहान ३ बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो। पशुपति आएका महिला भक्तजनले पूजाआजा सकेर नाचगान गर्दै तिज पर्व मनाइरहेका छन्।

तस्बिरहरू :