१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशी मुद्रासहित एक भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

विभिन्न देशका मुद्रासहित मकवानपुर प्रहरीले आइतबार साँझ एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतको बिहार पूर्वी चम्पारन पलङवा थाना पसौना वडा नं. ९ बस्ने ४० वर्षका रम्भु दासलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र रातोमाटे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम सडक खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेस्थित चेक प्वाइन्टबाट दासलाई पक्राउ गरेको हो।

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको इलेक्ट्रिक माइक्रो बस जाँच गर्दा विदेशी मुद्रासहित दासलाई पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए।

उनको साथबाट ८० थान युरो (५० काे दरले), जापानी येन १३३ थान (एक हजारकाे दरले) र विभिन्न दरका साउदी रियाल १६६ थान फेला परेको थियो।

दासको साथबाट बरामद उक्त रकमको नेपाली मूल्य २३ लाख ३८ हजार पाँच सय ७१ रुपैयाँ हुने प्रहरी प्रवक्ता एवं डिएसपी भण्डारीले बताए। दासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।