१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इसेवाको ‘मेरो डिजिटल देश’ अभियान  ः डिजिटल माध्यमबाट पैसा पठाउनेलाई काठमाडौंमा घर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानलाई यो वर्ष पनि निरन्तरता दिएको छ । स्क्वायर होटेल, पुल्चोकमा सम्पन्न प्रेस कन्फरेन्समार्फत इसेवा मनि ट्रान्स्फरले डिजिटल माध्यामबाट नेपालमा पैसा पठाउनेमध्ये एक जनालाई काठमाडौंमा घर दिने अभियानलाई निरन्तरता दिएको हो ।

स्थापना कालको छोटो समयमै इसेवाले वैधानिक, माध्यमबाट संसारका दुई सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको  छ ।  यो अभियान १ असोज ०८० बाट सुरु भएर ३१ असार ०८१ सम्म जारी रहने इसेवाले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको इसेवाको भनाइ छ ।  

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा चार परिवारलाई विशेष कोसेली, हरेक महिना एकजनाको पैसा डबल तथा बम्पर उपहारमा एकजनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । 

इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका दुई करोडभन्दा बढी जनसंख्या र १२ लाखभन्दा बढी साना तथा मझौला उद्योगलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।