१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्।

आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकार आफैँले एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको ओलीको आरोप छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘जब हाउसमा पशुपतिमा सुन चढाए भनेर पित्तल चढाइयो भनेर एउटा सत्ताधारी गुटका सांसद कराए। त्यतिबेरै मैले केही हुँदै छ कि ! पशुपतितिर ध्यान मोडेर के गर्न खोजिराखेका छन् भनेको थिएँ। एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ओसारपसार चलाउने उद्योग रहेछ त्यहाँ। त्यो उद्यम उतातिर चलाउने, यता पशुपतिमा सुन तौलिन लगाउने। यो खालको तरिकाले चिलतिर देखाउने, यता कुखुरा उडाउने। यो खालकाे तरिका राज्यबाट भइराखेको छ,’ ओलीले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउन सरकार लागिपरेको भन्दै आक्रोश व्यक्त गरे। वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रूपमै गैरजिम्मेवार रहेको उनको आरोप छ।