१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस काठमाडौं
Invalid date format १६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ग्राउन्डेड जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ।

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो। जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ९–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज पठाउन लागिएको हो। एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको उनले उल्लेख गरे।

यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ। गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेन्डर आह्वान भएको थियो। सोहीअनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको निगमले जनाएको छ।

उक्त जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाईमै  सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावलीअनुसार निगमले ४५ दिनको म्याद दिई लिजसहितको इन्जिन मर्मतका लागि खुला प्रतिस्पर्धा हुने गरी सिल टेन्डर आह्वान गरिएको थियो। नियमअनुसार छनाेट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ।

जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो । जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरू इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भए तापनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी बाेरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ ।

प्राविधिक कारणले जहाज ग्राउन्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले माफी पनि मागेको छ।