Skip This
राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता असोज १६ देखि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता असोज १६ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

हेटौँडामा यही असोज १६ गतेदेखि राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता हेटौँडा– ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा हुन लागेको हो।

‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको दोस्रो संस्करणको राष्ट्रिय रनिङ सिल्ड एट ए साइड फुटबल प्रतियोगितामा देशभरका १८ देखि २० वटासम्म क्लबहरूको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिए।

प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका खेलाडीहरूको सहभागिता रहने अध्यक्ष तितुङको भनाइ छ। प्रतियोगिताका बिजेतालाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख एक हजार नगद पुरस्कारसहित रनिङ सिल्ड प्रदान गरिनेछ।

यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष तितुङले जानकारी दिए। उनले प्रतियोगिताका सर्वाधिक गोलकर्ता, फरवार्ड, गोलकिपर, डिफेन्स र टिम कोचलाई जनही पाँच-पाँच हजार रुपैयाँ प्रदान गरिने बताए।

हेटौँडा ७ मा रहेको नवज्योति माविको खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १६ लाख बढी खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष तितुङले जानकारी दिए। यसअघि आयोजना गरिएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्स आफैँले जितेको थियो।