१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरका दुई छात्राले दिए आश्रमका बालबालिकालाई जुत्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१६:oo

ललितपुरका दुई छात्राले काठमाडौंको तारकेश्वर नगरपालिका– ३ ठूलागाउँ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन्।

ललितपुरको युलेन्स स्कुलको कक्षा १० मा अध्ययनरत नमामी आचार्य र उनकी साथी दिव्यांशी जोशीले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन्।

आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयको खेलकुद विभाग, नोटरी क्लब अफ नागार्जुन र नेपाल जुत्ता फैक्टरीको सहयोगमा सामग्री संकलन गरिएको आचार्यले बताइन्। नमामीले आफू र साथी जोशी स्कुल छुट्टीका दिन आफ्ना बाबु व्यवसायी सुदीप आचार्यसँग घुम्न आउँदा आश्रम देखेकी थिइन्। 

एक महिनायता हरेक सार्वजनिक बिदाका दिन नमामी र दिव्यांशीले आश्रममा रहेका बालबालिकालाई अंग्रेजी भाषा सिकाउने गरेका छन्। सिन्धुपाल्चोक मेलम्चीका नरबहादुर राउतको अभिभावकत्वमा सञ्चालित आश्रममा विभिन्न उमेर समूहका गरी ४६ बालबालिका छन्। उनीहरू स्थानीय नागार्जुन ठूलागाउँ माविमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत छन्।

अघिल्लो शनिबार आश्रमनजिकै खुला चौरमा विद्यार्थीले कोही खाली खुट्टा र कोही चप्पल लगाएर फुटबल खेलिरहेको देखेपछि आफूले जुत्ता संकलन गरेर वितरण गर्ने योजना बनाएको नमामीले बताइन्।

‘हामी आउँदा उनीहरू फुटबल खेलिरहेका थिए। कसैको खुट्टा खाली थियो। कोही चप्पल लगाएर खेलिरहेका,’ नमामीले भनिन्, ‘कति वेला त खाली बल हिर्काउँदा ठोक्किएर घाउ हुने रहेछ। यो देखेर मलाई यिनीहरूलाई जुत्ताको जरुरी रहेछ भन्ने लाग्यो।’

नमामी र दिव्यांशीले सबैलाई एक-एक जोर गरी ४६ जोर र फुटबल खेलाडी ११ जनाका लागि छुट्टै स्पोर्टस् सुज, दुईवटा फुटबल, जर्सी र प्याड दिए। ‘अब फुटबल खेल्दा उनीहरूको खुट्टामा घाउ हुँदैन र दुखेर मुर्छा पर्नुपर्दैन होला,’ सामग्री वितरण गर्नुअघि मन्तव्य दिने क्रममा उनले भनिन्।

विनाप्रशिक्षक र पूर्वाधारको अभावमा पनि आश्रमका विद्यार्थीले व्यावसायिक फुटबल टिमले जस्तै प्रदर्शन गरेबाट आफू प्रभावित भएको उनको भनाइ थियो। ‘तालिम र पूर्वाधार भयो भने यिनीहरू राष्ट्रिय टिम र अरू क्लबमा आबद्ध भएर व्यावसायिक खेल जीवन अगाडि बढाउन सक्छन् भन्ने मेले देखेँ,’ उनले भनिन्।

नमामीले आफूहरूले निकट भविष्यमा आश्रमका विद्यार्थीका लागि पुस्तकालय स्थापना गरिदिने योजना बनाएको पनि सुनाइन्। उनीहरूले जुत्ता, मोजा, फुटबल र जर्सी गरी करिब एक लाख रुपैयाँभन्दा बढीको सामग्री हस्तान्तरण गरे।

कार्यक्रममा नमामीका पिता एवं डिश होम नेटवर्कका प्रबन्ध निर्देशक सुदीप अचार्य, आमा रास्वपा नेतृ लीमा अधिकारी, रोटरी क्लब अफ नागार्जुनका अध्यक्ष प्रकाश डोटेल, नागार्जुन ठूलागाउँ माविमा प्रधानाध्यापक अर्जुन फुँयाल, शिक्षक शिवप्रसाद फुँयाल र आश्रमका सञ्चालक राउतलगायत सहभागी थिए।