१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले हुम्लाका दर्जन बढी सडक अवरुद्ध (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

वर्षाका कारण पहिरो जाँदा हुम्लाको मध्य भेगका ग्रामीण सडक जताततै अवरुद्ध भएको छ।

खार्पुनाथ गाउँपालिका– १ को मुस्याडीदेखि छारेसम्म विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भई नागरिकलाई आवतजावतमा समस्या भएको छ। छारे खण्डदेखि बोक्चेगौँडा खण्डसम्म १५–२० ठाउँमा पहिरो खसेको छ।

पहिरोले सडक अवरुद्ध हुँदा सदरमुकाम सिमकोटदेखि सर्केगाड, चंखेली, अदानचुली र ताजाँकोट गाउँपालिकाका नागरिक बढी मर्कामा परेका चंखेली– ६ का चन्द्रबहादुर बुढाले बताए।

पहिरो खसेर जताततै सडक अवरुद्ध भएपछि जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता छ। छारे, सुनाखाडा, लाली बगर, मुस्याडी र सर्केगार्ड गाउँपालिकाको रिप, उनापानी क्षेत्रमा खोलानालाले कटान गरेको छ। सडक अवरुद्ध हुँदा सल्लीसल्लादेखि सिमकोटसम्म दैनिक उपभोग्य वस्तु ढुवानी गर्न खच्चरलाई समेत आउजाउमा निकै कठिन भएको मुगु जिल्लाको खत्याड गाउँपालिका– ९ नखर्जीका रमेश कार्कीले बताए।

वर्षाले विभिन्न स्थानमा सडक अवरुद्ध भई नागरिक समस्यामा पर्दासमेत जिल्लास्थित सरोकारवाला निकायाहरूले ध्यान नदिएको स्थानीयहरूले गुनासो गर्दै आएका छन्।

छारेदेखि बोक्चेगौँडासम्म विभिन्न खण्डका तस्बिरहरू :