Skip This
एन्फा विवाद : अध्यक्ष र महासचिव बर्खास्तगीको प्रस्ताव अनुशासन समितिमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३० शनिबार o९:३३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा विवाद : अध्यक्ष र महासचिव बर्खास्तगीको प्रस्ताव अनुशासन समितिमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार o९:३३:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वले आफूविरुद्ध परेको बर्खास्तगीको प्रस्ताव दर्ता अनुशासन समितिलाई पठाएको छ । गत सोमबार असन्तुष्ट सहिद स्मारक लिगमा ३२ क्लबसहित जिल्ला र प्रदेशका ४९ बहुमत सदस्यले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

नेतृत्वले आफूलाई पेलेर लगेको भन्दै पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्वमहासविच इन्द्रमान तुलाधरसहितको टोलीले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई पत्र बुझाएका थिए । त्यसअघि बिहान असन्तुष्ट सदस्यले मेलमार्फत पनि अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । संकटा क्लबमा अध्यक्ष तुलाधरले इमलेमार्फत पत्र पठाएसँगै अध्यक्ष र महासचिव निलम्बनमा रहेको र पदीय हैसियतमा कुनै कामकाज गर्न नमिल्ने बताएका थिए ।

यद्यपि, महासचिव राईले नयाँ पत्रिकासँग बोल्दै ४९ सदस्यले निवेदन मात्र दर्ता गरेको र एन्फा कार्यसमितिलाई मात्र अविश्वास प्रस्ताव अगाडि बढाउने वैधानिकता रहेको बताएका थिए । एन्फाले क्लबहरूलाई जानकारी गराएको पत्रमा भनिएको छ, ‘दर्ता नं २२२ रहेको निवेदन अखिल नेपाल फुटबल संघमा प्राप्त हुन आएको विशेष साधारणसभा सम्बन्धमा उक्त निवेदनउपर छलफल गर्न तथा प्रक्रियालाई अगाडि बढाउन सो निवेदन एन्फा अनुशासन समितिमा पठाएको व्यहोरा अवगत गराउँछु,’ महासचिव राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । 

वैधानिकता परीक्षणका लागि पठाएका हौँ : राई
एन्फा महासचिव राईले अविश्वास प्रस्तावमाथि वैधानिकता परीक्षण गर्न पत्र अनुशासन समितिमा पठाएको नयाँ पत्रिकालाई बताएका छन् । ‘सदस्यज्यूहरूले पठाउनुभएको पत्र विधानअनुसार भए–नभएको पत्ता लगाउन अनुशासन कमिटीमा पठाएका हौँ । अनुशासन कमिटीबाट आएपछि थप कारबाही हुनेछ,’ राईले भनेका छन् । यता, क्लबहरूले भने नेतृत्वले साधारणसभा बोलाउन ढिलो गर्न खोजेको आरोप लगाएका छन् ।

‘यो सबै प्रक्रिया लम्ब्याउन भनेर गरिएको कार्य हो । यसले झनै घटनालाई गम्भीर बनाउँछ,’ हिमालयन शेर्पाका अध्यक्ष शेर्पाले भने । यसअघि साधारणसभा भर्चुअल बोलाएपछि एन्फाको विवाद पुनः सतहमा आएको थियो । एन्फाले आफूखुसी अडिटर नियुक्त गर्न खोजपछि आफूहरूले भौतिक उपस्थिति माग गरेको असन्तुष्ट पक्षले बताउँदै आएका छन् । गत आइतबार र सोमबार दुई दिन राखिएको एन्फाको साधारणसभा गणपूरक संख्या कम भएको भन्दै दुवैपटक स्थगित भएको थियो ।