१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २९ शुक्रबार १६:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १६:५४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अवैध सुन तस्करीको सम्बन्धमा सिआइबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको जानकारी गराए।

‘अवैध सुन तस्करीको सम्बन्धमा सिआइबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ उनले भने।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रूपमा लिएको बताए। आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढेकोसमेत उनले जानकारी दिए।