Skip This
नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा गोष्ठी गर्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २९ शुक्रबार १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा गोष्ठी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १६:३३:oo

नेकपा एमालेले संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी २ असोजमा  सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको कार्यालय बैठकले यस्तो निर्णय गरेको हो। ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ। 

केन्द्रमा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई अध्यक्ष केपी ओलीले सम्बाेधन गर्नेछन्। अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू सहभागी हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

जसअनुसार, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने एमालेले जनाएको छ।