१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ ः मन्त्री बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२१:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित जनसंख्या र विकाससम्बन्धी सम्मेलनमा बोल्दै उनले १२ कक्षासम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताएका हुन्। आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद् र मन्त्रिपरिषदमा पनि राखिरहेको मन्त्री बस्नेतले बताए।

‘शिक्षा र स्वास्थ्य आधारभूत आवश्यकता हो जनताको । यसको विकासविना, यसको प्रगतिविना, यसको व्यवस्थापनविना विकास सम्भव छैन व्यक्तिदेखि राष्ट्रसम्मको,’ उनले भने, कक्षा १२ सम्मको पढाइ राज्यले जिम्मा लिनुपर्छ भनेर मैले धेरै वर्षअगाडिदेखि सुरु गरेको छु । मैले सिन्धुपाल्चोकको तीनवटा पालिकाबाट १२ कक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको एक वर्षभन्दा बढी भइसक्यो । देशव्यापी रूपमा यो निःशुल्क हुनुपर्छ भन्ने लाइनमा म काम गरिरहेको छु,’ उनले भने।

मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक पनि पूर्वसर्तबमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको उल्लेख गरे। उनले विभिन्न बहानाबाजी गरेर चिकित्सक सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि जनाए।