१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १९:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई चिकित्सकमाथि हातपात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १९:३७:oo

हेटौँडामा बुधबार दुईजना चिकित्सकमाथि हातपात भएको छ। डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै हेटौँडा उपमहानगरपालिका- १ मा रहेको सन्चो अस्पतालका दुईजना चिकित्सकमाथि हातपात भएको हो।

सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि केही युवाहरूले हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार गत २५ साउन डेंगुबाट मृत्य भएका हेटौँडा- १२ का राजेश प्रधानका आफन्तले चिकित्सकहरूमाथि हातपात गरेका हुन्। हातपातबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुन्निएको छ।

एक महिनाअघि डेंगुका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तको आरोप छ। उपचारमा लापरबाही गरेको भन्दै एक महिनापछि मृतकका आफन्तले चिकित्सकमाथि हातपात गरेका हुन्। 

हेटौँडा- १२ पदमपोखरीका ४१ वर्षीय प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो। त्यसअघि प्रधानलाई उपचारका लागि सन्चो अस्पतालमा भर्ना गरिएको थियो। 

त्यहाँ उपचार हुन नसक्ने भन्दै प्रधानलाई चितवन पुर्‍याइएको थियो। प्रधानलाई दोस्रोपटक डेंगु संक्रमण पुष्टि भएको थियो भने उनलाई मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो।

सोही घटनालाई लिएर प्रधानका आफन्तले चिकित्सकद्वयमाथि हातपात गरेका थिए। घटनापश्चात् प्रहरीले दुवैपक्षलाई राखी छलफल गराएको थियो। तर, छलफलमा सहमति जुटन नसकेपछि दुवै पक्ष कानुनी प्रक्रियामा जाने भएका छन्। प्रवक्ता भण्डारीका अनुसार डा. बिडारी र डा. थापाले जाहेरी दिने तयारी गरेका छन्। जाहेरी परेपछि थप प्रक्रिया अघि बढाउने उनले बताए।
 

ad
ad