१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संस्कृति संरक्षणमा जुटे लमजुङका नेवार समुदाय

संस्कृति हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रशिक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि लमजुङका नेवार समुदायका व्यक्ति संरक्षणमा जुटेका छन्। 

लाखे नाच नागपञ्चमीबाट सुरु गरिने भए पनि युवापुस्तालाई सिकाउनका लागि एक महिनाभन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताए। 

उनले भने नेवार समुदायको पुरानो कलासंस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि पाका पुस्ताबाट नयाँ पुस्तामा तालिममार्फत हस्तान्तरण गर्दै युवाहरू मिलेर बजारमा लाखे नाच देखाइएको छ।

लमजुङको सदरमुकाम बेँसीसहरमा १ महिना अघिदेखि नयाँ पुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गर्न बेँसीसहरका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका छ्न्। नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि युवापुस्तालाई प्रशिक्षण दिइएको नेवा खलका सचिव विमल श्रेष्ठ बताउँछन्।

‘हामी स्थानीयस्तरबाट नै आफ्नो संस्कार संस्कृतिलाई बचाउन जुटेका छौँ,’ श्रेष्ठले भने, ‘संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति, परम्परा सिकाउँदै आएका छौँ। संस्कृतिलाई बचाइ राख्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको अवस्था छ। विभिन्न अवसरमा हामीले मौलिकता झल्कने गरी जात्रा, मेला पनि लगाउँदै आएका छौँ।’

बेँसीसहरको भीमसेन स्थान चोकमा हरेक दिन साँझ निकालिने लाखे नाच नाच्दै बेँसीसहर बजार परिक्रममा गर्ने गरिएको छ। नेवार संस्कृतिमध्ये लाखे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म विभिन्न नाच तथा जात्राहरू देखाउने प्रचलन छ। 

एक महिनाको अवधिमा लाखे नाच, घोडा नाच, गाईजात्रा, श्रीकृष्ण रथयात्रा, रोपाइँ जात्राजस्ता जात्राहरू विभिन्न पर्वको अवसर पारी देखाउने प्रचलन छ। लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रूपमा लिने गरिन्छ।
 
परम्परादेखि लगाउँदै आएको पुरानो खप्पर मुखौटो लगाएर, कपाल फिजारी, मान्छेलाई भूतजस्तो स्वरूप बनाई ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ। लाखे नाच हेर्न बजारमा ठूलो भिड लाग्ने गर्दछ।