मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
संजित परियार काठमाडौं
२०८० भदौ २७ बुधबार १४:५२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुन तस्करीमा प्रयोग हुन्थे यस्ता सामग्री

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० भदौ २७ बुधबार १४:५२:००

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन तस्करी प्रकरणमा प्रयोग भएका सामान सार्वजनिक गरेको छ। 

सिआइबीले पहिलो चरणको अनुसन्धान सकेर बुधबार प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउनअघि गरेको पत्रकार सम्मेलनमा ती सामान पनि सार्वजनिक गरेको हो। 

तस्करहरूले सुन गाल्ने भाँडाहरू, सुन गाल्न प्रयोग हुने केमिकल, ब्रेकसुलगायतका सामान प्रयोग गरेको सिआइबीले जनाएको छ।

पत्रकार सम्मेलनमा सिआइबीले पक्राउ परेका ३२ जना र फरार रहेका १८ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेस गरेको प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्।

उनका अनुसार पक्राउ पर्नेमा २३ जना नेपाली र नौजना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र चारजना नेपाली नागरिक छन्। सुन तस्करीमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न रहेको सिआइबीले जनाएको छ। 

तस्बिरहरू