१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o९:oo

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउनु सुरु गरिएको छ। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक कार्यक्रमबीच सो खोप लगाउने कार्यको उद्घाटन गरेका हुन्। 

योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरूबाट पनि सुरु हुनेछ। मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाटै सो खोपको सुरुवात गर्ने निर्णय लिइएको बताए। 

उनले तत्कालका लागि सीमित स्रोत र साधन भए पनि छिट्टै सो खोप सबै किशोरीले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरे। मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेकोसमेत बताए। 

मन्त्री बस्नेतले सो खोप सबै जिल्लामा उपलब्ध गराउन आफूले सम्बन्धित निकायसँग कुरा गरिरहेको पनि बताए। सो अस्पतालका अनुसार यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको हो। 

सरकारले सोही उमेर समूहका किशोरीलाई लक्षित गरेर हाल २० हजार भाइल खोप निर्यात गरेको छ। यो खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्ने हुन्छ।