मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० भदौ २७ बुधबार ११:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुसमा लुम्बिनी एस्क्पाे– २०८० को आयोजना

Read Time : < 1 मिनेट
२०८० भदौ २७ बुधबार ११:२९:००

रूपन्देही व्यापार संघले आगामी पुसमा पाँचौँ लुम्बिनी एस्क्पाे– २०८० बुटवलमा गर्ने भएको छ । मेलाको तयारीको सिलसिलामा संघको कार्यसमिति र पूर्वअध्यक्षहरूसहितको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम पाल्पाको वसन्तपुरमा गरिएको छ ।

लुम्बिनी एस्क्पो– २०८० को आयोजनाको तयारीको सिलसिलामा राखिएको कार्यक्रममा परिवर्तित सन्दर्भमा एस्क्पोलाई दर्शक तथा उपभोक्ताहरूको चाहनाअनुसार परिमार्जन गरी भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ । 

कार्यक्रममा एस्क्पो मूल समितिका संयोजक तथा रूपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघले हालसम्म गरेका तयारी तथा प्राथमिकताका विषयमा जानकारी गराउँदै सबै क्षेत्रबाट सल्लाह र सुझावको अपेक्षा लिएको बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्षहरूले एस्क्पोमा प्रविधिलाई विशेष महत्व दिन सुझाव दिएका थिए । उनीहरूले स्वदेशी उत्पादन, गुणस्तरीय वस्तुको प्रदर्शन, सरसफाइ, पार्किङ, मनोरञ्जनलगायतका विषयमा सूक्ष्म रूपमा अध्ययन गरी प्राथमिकतामा राख्न पनि सुझाव दिए । 

एक्पोलाई स्वदेशी उत्पादनसँग जोडेर नेपाली उपभोक्ताहरूको आवश्यकता  पहिचान गरी नयाँ ढंगले दर्शक उपभोक्ताको मन जित्ने गरी आयोजना गर्नुपर्ने कुरामा उनीहरूको जोड थियो ।

संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघले गर्ने एक्पो सधै अब्बल र सफल हुने गरेको हुँदा वर्तमान आर्थिक मन्दीको अवस्थामा उद्योगी–व्यवसायीहरूमा उत्साह  प्रदान गर्ने लक्ष्यसहित आयोजना सम्पन्न गर्न सुझाव दिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्षहरू शंकर भट्टराई, टंकप्रसाद पोखरेल, श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष यमलाल लोहनी, संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, द्वितीय उपाध्यक्ष दीपक अधिकारी, महासचिव दयानिधि भण्डारी, कोषाध्यक्ष ऋषिराम पाण्डे, सहसचिव फर्शुराम पन्त, सहकोषाध्यक्ष मणि खनाललगायतले एक्पाेबारे धारणा राखेका थिए ।