१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
एजेन्सी
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पूर्वीलिबियामा बाढीका कारण दुई हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

पूर्वीलिबियामा आइतबार आएको बाढीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। बाढीमा परी हजारौँ मानिस बेपत्ता भएका लिबियाका प्रधानमन्त्री ओसामा हम्मादलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह सहर डेरनामा भएको बताएका छन्। उनले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।

त्यस्तै, उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन्। स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिन शोक घोषणा गरेको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल