१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यवसायीको मनोबल बढाउन सरकारले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

नेपाल उद्योग वाणिज महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक मन्दीबाट बाहिर निस्कन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन् । ढकालसहितको महासंघको टोलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरी सो आग्रह गरेको हो । 

भेटवार्तामा टोलीले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आप्mनो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैंक र सरकार दुवैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिज्ञासामा अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकारसमक्ष आग्रह गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

यसैगरी, अध्यक्ष ढकालले सीमाक्षेत्रमा हुने अवैध आयात–निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउँदै कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः सञ्चालनका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे । महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरू सहभागी रहेको भेटवार्तामा गिटी–बालुवालगायतका वस्तुको आवश्यक वातावरणीयलगायतका प्रभाव अध्ययन गरी निकासी गर्न दिइनुपर्ने सुझाव पेस गरिएको थियो । यसैगरी, नयाँ बनेका पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासंघको थियो । 

सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न विकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसँग छलफलको तयारी गरिरहेको बताए । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले यस विषयमा काम भइरहेको र छिटै निर्णय गरिने बताए ।