१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गरिमा विकास बैंकद्वारा तिज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरूको महान चाड हरितालिका तिजलाई लक्षित गरी तिज विशेष गीत सार्वजनिक गरेको छ।

करिब तीन मिनेट लामो उक्त गीतमा चर्चित लोकगायक एवं संगीतकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

उक्त गीत बैंकको आधिकारिक युटुब च्यानल र टिकटकबाट हेर्न र सुन्न सकिने बैंकले जनाएको छ। साथै, हरितालिका तिजलाई अझ विशेष बनाउने हेतु बैंकले तिज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तिज’ पनि सार्वजनिक गरेको छ।

तिज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरूमध्ये प्रथमलाई  ३० हजार द्वितीयलाई २० हजार तृतीयलाई १० हजार र बाँकी सातवटा भिडियोलाई जनही रु. पाँच हजार सान्त्वना पुरस्कार राशि प्रदान गरिनेछ।

टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पूर्ण पालना गर्नुपर्ने हुन्छ।