मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १२:५१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

रामेछापमा धानबालीमा पात मर्ने रोगको प्रकोप 

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

किसानले खेतमा लगाएको धानबालीमा पात मर्ने रोगको प्रकोप फैलिएपछि रामेछापका किसान चिन्तित बनेका छन्। 

दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा सबैभन्दा बढी धानबालीमा पात मर्ने रोगको प्रकोप मन्थली नगरपालिकामा देखिएको कृषि ज्ञान केन्द्र रामेछापका अधिकृत ऋषिराज सुवेदीले जानकारी दिए। 

उनले भने, ‘यो रोगको निदान तत्काल नै गरिएन भने धानबाली किसानले थाहा नै नपाई नष्ट हुने अवस्था छ,’ सुवेदीले भने, ‘केही दिनपछि खेतमा पुगेका किसानले धानको पात मरेको फेला पारेपछि कृषिमा त्यसलाई परीक्षणका लागि ल्याउन लागिएको छ।’

उक्त रोगसँगै अर्को विनाशकारी रोग ब्लास्ट पनि व्यापक मात्रामा देखिएको छ। ब्लास्ट रोग लागेपछि धानका पातमा एकप्रकारको ढुसी देखिने र त्यसले पछि बाला टुक्य्राउनेसम्मको हानि गर्छ। धानमा महामारी देखिएपछि कृषि ज्ञान केन्द्रले हेज्जाक्लोनाजोल नामको कीटनासक विषादीको प्रयोग गर्न किसानलाई सुझाएको छ। 

कृषि ज्ञान केन्द्र रामेछापले एक रोपनीलाई पुग्ने विषादी किसानलाई दिँदै आएको अरू थप किसानले आफैँले खरिद गर्नुपर्ने जनाएको छ।

ज्ञान केन्द्रले किसानलाई वितरण गरेको उक्त विषादीले दुवै रोगका लागि काम गर्ने भएकाले किसानलाई अन्य विषादीको पछि नलाग्नसमेत किसानलाई बताइएको छ। रोग लागेपछि धानबालीमा लगातार उपचार गर्नुपर्छ। 

निदान भएन भने १५ दिनपछि फेरि विषादी छर्नुपर्ने कृषि ज्ञान केन्द्रले जनाएकाे छ। अन्तिमपटक धानको बाला निस्कने वेलामा फेरि विषादी छर्नुपर्ने सुझाव कृषि प्राविधिकहरूले दिने गरेका छन्। 

नगरपालिकाका अधिकांश स्थानमा धानबालीमा प्रकोपको रूपमा रोग फैलिएको जानकारी भएर पनि मन्थली नगरपालिकाले भने किसानलाई विषादी वितरण गरेको छैन। समस्या लिएर नगरपालिकामा दैनिक किसान आउन थालेपछि वडा कार्यालयलाई देखाएर फर्काउन थालिएको छ।

मन्थली नगरपालिकाका सहायक कृषि अर्थ विज्ञ योवनकुमार सुनुवारले नगरपालिकाले कीटनासक विषादी खरिद नगरेकोले वडा कार्यालयमा पठाउने गरेको बताए। उनले वडामा केही विषादी होला, नभए पनि अब वडाबाट नै खरिद गरी वितरण गर्ने गरी व्यवस्थापनमा जुटेको बताए। 

जिल्लाको सबैभन्दा ठूलो फाँटमा पनि धानमा रोग फैलिएको छ। तर, खाँडादेवी गाउँपालिकालाई खासै जानकारी छैन। उक्त गाउँपालिकाका कृषि अधिकृत निरोज खड्काले कोदो र मकैमा सिन्दुरे रोग लागेको जानकारी आए पनि धानको प्रकोपका विषयमा पालिकामा गुनासो नआएको बताए।

पालिकाले रोग नियन्त्रणका लागि बजेटको व्यवस्था गरेपछि रातो किताब प्रकाशन नभकाएले कार्यान्वयनमा ल्याउन नसकेको पनि उनले बताए। पालिकासँग कुनै पनि रोग वा किरा नियन्त्रणका लागि विषादी मौज्दातमा नभएको खड्काले जानकारी दिए।