१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादी मोर्चामा आबद्ध हुन कम्युनिस्ट पार्टीहरूलाई माधव नेपालको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभाजित रहेका कम्युनिस्ट पार्टीहरूलाई मोर्चामा आबद्ध हुन आग्रह गरेका छन्।

हेटौँडामा आइतबार भएको मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले विचार र व्यवहार मिल्ने कम्युनिस्ट पार्टीहरूलाई मोर्चामा आबद्ध हुन आग्रह गरेका हुन्। उनले मोर्चाले परिवर्तनको पक्षमा काम गर्ने दाबी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार त्यसको उदाहरण रहेको दाबी गरे।

‘हामीले मोर्चा त्यसै बनाएका होइनौँ। यसले देशमा रहेको भ्रष्टाचार र कुशासनको विरुद्धमा काम गर्छ। त्यसको उदाहरण प्रचण्ड नेतृत्वको सरकार हो,’ उनले भने।

अध्यक्ष नेपालले जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डको नेतृत्वमा रहेको मोर्चामा गोलबद्ध भएर जनताको परिवर्तनको चाहना पूरा गर्न कम्युनिस्टहरू एक हुनपर्नेमा जोड दिए। उनले कम्युनिस्टहरू एक भए जस्तोसुकै परिवर्तन सम्भव हुने दाबीसमेत गरे।

नेपालले अहिले सरकारको नेतृत्व जनताको एउटा सफल योद्धाले गरेको उल्लेख गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध अभियान थालेका प्रचण्डले राम्रो काम गरिरेहको दाबी गरे। 

एउटा मान्छेले राम्रो काम गर्दागर्दै पनि राम्रो गरेको भन्न सकिएन भने त्यो मान्छेको मनोबल गर्ने भन्दै उनले राम्रो काम गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई सबैले धन्यवाद दिनुपर्ने उल्लेख गरे।