१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेनदार छात्रवृत्ति वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेनदार छात्रवृत्ति वितरण गरेको छ।महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यमिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेनदार छात्रवृत्ति प्रदान गरेको हो। 

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मणबाबु जेहेनदार छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरेका हुन्। 

अध्ययनमा उत्कृष्ट तर आर्थिक स्थिति कमजोर भएको विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजारबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ। आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले जनाएको छ।