१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० भदौ २४ आइतबार १३:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सशस्त्रको फ्युल सेन्टरमा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन

Read Time : < 1 मिनेट
२०८० भदौ २४ आइतबार १३:५७:००

सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन उद्घाटन गरिएको छ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा आइतबार दुईवटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन्।

सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन्। चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताका दुईवटा फास्ट चार्जरहरू रहेका छन्। यसबाट ठूला बससहित ६ वटा सवारीसाधन एकसाथ चार्ज गर्न सकिनेछ।

प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो। उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङसमेत प्राधिकरणले नै गर्ने छ। सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो। सशस्त्र प्रहरीले चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा गर्नेछ। चार्जिङ स्टेसन तेस्रो व्यक्ति–संस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ।

विद्युत वितरण विनियमावलीको व्यवस्थाबमोजिम विद्युत् महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रूपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउनेछ।