१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई जनमतको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गरिबी निवारणमा चीनसँग सहकार्य गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबीमुक्त देश बनाउनुपर्नेबारेमा चीनको अनुभव लिन सुझाव दिएको अध्यक्ष राउतको भनाइ छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘गरिबी निवारणमा चीनले ठूलो सफलता हासिल गरेको हुनाले त्यसको अनुभवको आधारमा नेपालले कसरी गरिबीबाट मुक्ति दिलाउन सक्छ ? त्यसको बारेमा सहकार्य गर्न सुझाव दिएँ।’

उत्पादनको क्षेत्रमा पनि चीन धेरै अघि भएकाले आफूले नेपालमा उद्योगहरू खोल्न र नेपालमार्फत नै निर्यात गर्न चीनलाई आग्रह गर्न सुझाव दिएको अध्यक्ष राउतको भनाइ छ।

रासायनिक मलको क्षेत्रमा चीनसँग सहयोग माग्न र नेपाललाई त्यसमा आत्मनिर्भर बनाउनेबारे चीनसँग सहकार्य गर्न अनुरोध गरेको उनले बताए।