मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
२०८० भदौ २३ शनिबार २०:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कागबेनीका बाढीपीडितलाई १५ लाखकाे राहत सामग्री

Read Time : < 1 मिनेट
२०८० भदौ २३ शनिबार २०:५३:००

गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालले आज रु १५ लाखबराबरको राहत सामग्री पठाएको छ। 

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढीपहिरोपीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको हो। लायन्स अन्तर्राष्ट्रिय एलसी आइएफको डिजास्टर रिलिफ इमर्जेन्सी ग्रान्टअन्तर्गत प्राप्त दश हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको ‘डिजास्टर फण्ड’बाट करिब रु दुई लाख रकम गरी रु १५ लाख बराबरको समान पठाइएको डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी सन्तोष रावलले जानकारी दिए। 

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडादेखि खाद्यान्नसहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनिउँ, ब्लाङकेट, म्याट्रेसलगायतका दैनिक उपभोग्य वस्तु पठाइएको रावलले बताए। 

कागबेनीधाममा साउन २८ गते साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो। बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन्।

ठाँडो खोलाको बाढीले २९ घर बगाएको थियो भने केही घरमा आंशिक क्षति पुर्‍याएको थियो। बाढीले स्थानीयका घर, पसल, होटेल, प्रहरीचौकी भवन, वडा कार्यालयलगायतका घर पूरै बाढीले बगाएको थियो। 

राहत सामग्री पठाउँदै रावलले 'जहाँ आवश्यकता त्यहाँ लायन्स' भन्ने उदगार साथ लायन्सले सहयोग गर्दै आएको बताए। उनले लायन्सले बाढी, पहिरो, भूकम्प, आँधीहुरीजस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितलाई राहत तथा उद्धारको काम गर्दै आएको जानकारी दिए।