मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०८० भदौ २३ शनिबार ०५:१२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

बाँकेमा बस दुर्घटना : बर्दिया ठाकुरबाबा नगरपालिकाका सातको मृत्यु, २९ घाइते

Read Time : < 1 मिनेट
२०८० भदौ २३ शनिबार ०५:१२:००

बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ शमशेरगन्जमा शुक्रबार राति बस दुर्घटना हुँदा एउटै नगरपालिकाका सातजनाको मृत्यु भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरूमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चार शाखाका अनुसार ना.७ख २३२१ नम्बरको बस राति सवा ९ बजे बिग्रेर रोकिराखेको ना.४ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । बसमा ४१ यात्रु रहेको प्रहरीले जनाएको छ । ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समितिको टोली दाङको धारापानी भ्रमणबाट फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, अन्दाजी ४० वर्षीया जयन्ती थारू, वडा नम्बर ७ का ६५ वर्षीय साधुराम थारू, वडा नम्बर ८ का ४५ वर्षका जुगबहादुर चन्द र नामथर नखुलेका गाडी स्टाफको ज्यान गएको छ । सनाखत नभएका गाडी स्टाफ पनि ठाकुरबाबाकै भएको प्रहरीले जनाएको छ ।

घाइते २९ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । जसमध्ये दुईजनाको अवस्था गम्भीर छ । १२ जनाको अवस्था मध्यम र १५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।