मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
२०८० भदौ २२ शुक्रबार २०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घाँस काट्न जाँदा बाघको आक्रमणबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०८० भदौ २२ शुक्रबार २०:२७:००

बर्दियामा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका– ३ की ५५ वर्षीया कली वंशीमगरको बाघको आक्रमणबाट ज्यान गएको हो । 

घरनजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएको वेलामा कलीमाथि बाघले आक्रमण गरेको थियो ।  

आज दिउँसो १ बजे घाँस काट्न गएकी कली अबेरसम्म नफर्किएपछि आफन्तहरू खोजीमा निस्किएका थिए । जंगलमा उनको कपडा च्यातिएको अवस्थामा भेटिएपछि स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरेर सुरक्षाकर्मीको टोलीले थप खोजी गरेको थियो । 

त्यसक्रममा साँझ ५ बजे बाघले दायाँ हात खाएको अवस्थामा कलीको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए । शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल लगिएको छ ।