१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल र म्यानमार आज भिड्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२८:oo

फिफा मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाल र घरेलु टोली म्यानमारबीच प्रतिस्पर्धा गर्दै छन् । नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले म्यानमार टोली निकै बलियो रहेको बताए । ‘म्यानमार धेरै बलियो छ । उनीहरूले थाई लिग खेल्दै आएका छन् । उनीहरू धेरै अनुभवी छन्,’ भिन्सेन्जोले भने, ‘हामी आफ्नो खेल खेल्नेछौँ ।’ विश्वकप छनोटअघि टोलीको कमजोरी थाहा पाउन मैत्रीपूर्ण खेल सहयोगी हुने उनले बताए । ‘हामीले म्यानमारपछि विश्वकप छनोट खेल्नेछौँ । यो खेलबाट हामी आफ्नो कमीकमजोरी थाहा पाउन सक्छौँ । हामीसँग युवा खेलाडी छन्,’ उनले भने । नेपाल र म्यानमारबीच ०७६ कात्तिकमा भेट भएको थियो । जहाँ म्यानमार ३–० ले विजयी भएको हो । नेपालका रक्षक रोहित चन्दले तयारी राम्रो भएको र नतिजा आउने बताए । ‘हामीले तयारी राम्रो गरेका छौँ । आशा गरौँ, नतिजा पक्षमा आउनेछ,’ उनले भने । 

नेपालको युवा टोली
साफ च्याम्पियनसिप खेलेका १० खेलाडी टोलीबाहिर छन् । सात नयाँ खेलाडीले पहिलोपटक टोलीमा स्थान बनाएका छन् । २३ सदस्यीय टोलीमा १० खेलाडीले डेब्यु गर्न बाँकी छ । नयाँ खेलाडीमा जावलाखेल युथका रक्षक छिरिङ लामा, मनाङ मर्स्याङ्दी क्लबका आशिष गुरुङ र नेपाल पुलिस क्लबका अन्जन राई छन् । मच्छिन्द्र एफसीका मिडफिल्डर उत्सव राईलाई पनि अल्बेर्टाेले समावेश गरेका छन् । स्ट्राइकर त्रिभुवन आर्मी एफसीबाट दिनेश हेन्जन र जिलेस्पीजंग कार्की तथा जावलाखेल युथबाट हिसुब थपलियाले स्थान बनाएका हुन् । 

सातदोबाटो युथका गोलकिपर अभिषेक बराल र न्युरोड टिम एनआरटीबाट खेलेका मिडफिल्डर कृतिशरत्न छुन्जुले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ । गोलकिपर अभिषेकले प्रधानमन्त्री कप त्रिदेशीय प्रतियोगिताको टोलीमा स्थान बनाएका थिए । तर, प्रशिक्षक भिन्सेन्जोले लाओस र भुटानविरुद्ध अभिषेकलाई डेब्यु गराएनन् । यता, अफ्रिकन राष्ट्र मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा कृतिशले टोलीमा स्थान बनाए पनि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डेब्यु गराएनन् । 

यस्तै, साफ च्याम्पियनसिप खेलेका विमल घर्तीमगर, निशान खड्का, पुजन उपरकोटी, दीपकराजसिंह ठकुरी, नवीन लामा, देवेन्द्र तामाङ, विमल पाण्डे, सिमन्त थापा, विशाल श्रेष्ठ र मणिकुमार लामा टोलीबाहिर छन् । रक्षक निशान, डिफेन्सिभ मिडफिल्डर पुजन र स्ट्राइकर दीपकराज सिंह अस्ट्रेलिया पुगेका छन् । 

एन्फाले ३२ क्लबलाई छलफलमा बोलायो
सहिद स्मारक डिभिजन लिगका असन्तुष्ट ३२ क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले छलफलमा बोलाएको छ । एन्फाले बिहीबार ३२ क्लबलाई पत्र लेख्दै शुक्रबार ३ बजे छलफलका लागि सातदोबाटोस्थित एन्फा मुख्यालयमा बोलाएको छ । आगामी आइतबार हुने विशेष साधारणसभामा भौतिक उपस्थिति हुनुपर्ने र बक्यौता रकम चाँडै पाउनुपर्ने ३२ क्लबले संयुक्त रूपमा माग राखेका छन् । एन्फाले साधारणसभाको दुई दिनअघि छलफलबाट समाधान निकाल्ने प्रयास गरेको छ । ‘एन्फामा संघमा दर्ता भएअनुसार २४ भदौमा एन्फाको विशेष साधारणसभासम्बन्धी ध्यानाकर्षणपत्र प्राप्त भएको छ, यस सम्बन्धमा छलफलका लागि उपस्थित हुन आग्रह छ,’ एन्फाका महासचिव किरण राईको हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।

क्लबहरूले अगाडिका बक्यौता रकम नआए एन्फाले आगामी दिनमा आयोजना गर्ने प्रतियोगिता नखेल्ने चेतावनी दिएका छन् । तीनवटै डिभिजन लिगका ४० मध्ये जावलाखेल युथ, पुल्चोक युथ, प्लानिङ ब्वाइज, झम्सिखेल युथ, स्वयम्भू क्लब, बागमती युवा क्लब, खालीबारी युवा क्लबसहित तीन विभागीय क्लबले ऐक्यबद्धता जनाएका छैनन् । 

ad
ad