१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरमा राधाकृष्ण रथयात्रा : ३२ भारतीयसहित ३८ संदिग्ध पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

कृष्ण जन्माष्टमीको अवसरमा ५५ वर्षअघिदेखि विराटनगरमा हरेक वर्ष निकालिँदै आएको राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले संदिग्ध ३८ जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार जारी रथयात्रालाई सुरक्षित बनाउन मोरङ प्रहरीले शंकास्पद गतिविधि गरेको आरोपमा ३२ भारतीयसहित ३८ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई रथयात्राका क्रममा पकेटमारी र लुटपाटमा संलग्न हुन सक्ने आरोपमा नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए। हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राको डोरी तान्न हजारौँ मानिसहरू सहभागी हुँदै आएका छन्।

विराटनगरको पोखरियास्थित राधाकृष्ण मन्दिरबाट निस्कने रथयात्रा जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक हुँदै बरगाछी चोक भएर करिब ८ किलोमिटर दूरी तय गरेर पुनः मन्दिरमै आएर समापन हुने गर्दछ।