१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० दिनदेखि बेपत्ता डा. कोइरालाको शव कोशीको भंगालोमा भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४८:oo

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा १० दिनदेखि बेपत्ता भएका डा. प्रज्वल कोइरालाको मृत शरीर बुधबार फेला परेको छ । 

झापाको दमक नगरपालिका– १ का डा. प्रज्वल कोइराला उदयपुरको बेलका नगरपालिका– ८ स्थित एक होटेलअगाडि गाडी राखेर तथा सुनसरी र उदयपुर जोड्ने कोशी पुलमा मोबाइल र जुत्ता राखेर बेपत्ता भएका थिए।

कोइरालाको मृत शरीर सप्तकोशी नदीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा भेटिएको सुरक्षा वेस चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए।

माछा मार्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दोजुल्दो भएको उनले बताए। डाक्टर कोइरालाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। 

डा. कोइराला १० भदौको बेलुकी ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएका थिए। सोही दिनको राति २ बजे कोसी पुलनजिकै गाडी राखेर बेपत्ता भएका थिए। 

प्रेम सम्बन्धमा असफल भएका कारणले कोशीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)