१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पर्यटनविद् ऐरको ‘कञ्चनपुरदेखि कञ्चनजंघा : कवितामय फन्को देशको’ लोकार्पण

पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने समीक्षकहरुको टिप्पणी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

घुमफिरका अनुभूतिहरूलाई कवितामा ढाल्दै आएका पर्यटनविद् हिक्मतसिंह ऐरको मुलुक चिनाउने कवितासंग्रह ‘कञ्चनपुरदेखि कञ्चनजंघा : कवितामय फन्को देशको’ लोकार्पण गरिएको छ।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले बुधबार कवि ऐरको उक्त पुस्तक लोकार्पण गरेका हुन्। पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको तराई कञ्चनपुरदेखि पूर्व हिमालको कञ्चनजंघा बेसक्याम्पसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवितामय वर्णन कवि ऐरले यस कवितासंग्रहमा गरेका छन्।

कवितासंग्रहको लोकार्पण गर्दै परराष्ट्रमन्त्री एनपी साउदले कवितामा मूलभूत रूपमा राष्ट्रियता, प्रकृतिप्रेम र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकाले कवितासंग्रह नेपालको समग्र पर्यटन बुझ्ने आँखीझ्याल रहेको टिप्पणी गरे।

कृतिको समीक्षा कार्यक्रममा वरिष्ठ साहित्यकार, पूर्वप्रशासक एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले कवितासंग्रह सिंगो नेपालको उज्यालो प्रतिबिम्ब भएको उल्लेख गर्दै भूस्वर्गका रूपमा रहेको नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनमा कवितासंग्रह सहयोगी बन्ने बताए।

कवितासंग्रहका विषयमा  टिप्पणी गर्दै साहित्यकार चेतनाथ कँडेल, संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा. नवल त्रिपाठीलगायतले कवितासंग्रहले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। यस्तै, टिप्पणीकारहरूले यो पुस्तक नेपाल जान्न चाहने, देश चिन्न खोज्नेसमेतलाई उपयोगी हुने विश्वास व्यक्त गरे। सरल अनि कलात्मक भाषामा लेखिएका कवितासँग सम्बन्धित ठाउँका रंगीन तस्बिरहरू पनि राखिएका छन्।

बुक्स हिमालयले प्रकाशन गरेको यस पुस्तकमा सातै प्रदेशलाई  ब्रान्डिङ गर्दै नेपालका हिमाल, पहाड, तराई, चुरेभावरका जंगल, नदीनाला, संस्कृति र सम्पदाले भरिपूर्ण अलौकिक देवभूमिका मठमन्दिर, गुम्बा, चैत्य, मौलिक खानपिन, रहनसहन एवं अन्य विशेषताले भरिपूर्ण गन्तव्यमा बटुलिएका अनुभव र अनुभूतिलाई कवितामा वर्णन गरिएको छ।

२३ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत कवि हिक्मतसिंह ऐर बोर्डका वरिष्ठ निर्देशकसमेत हुन्।