१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
Invalid date format २o:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक पुनः स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२७:oo

बागमती प्रदेश सभाको बुधबारका लागि तय गरिएको बैठक पुनः स्थगित भएको छ। सोमबार विपक्षी दलहरूको चेतावनीका कारण बस्न नसकेको बैठक बुधबार दिउँसो १ बजेका लागि तय गरिएको थियो।

उक्त बैठक पनि सूचना टाँस गरेर स्थगित भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाको अर्को बैठक अब भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए।

यसअघि असार २२ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चिकालका लागि स्थगित भएको बैठक दुई महिनापछि सोमबार दिउँसो साढे एक बजेका लागि तय गरिएको थियो। 

तर, सरकारले बजेट पास गर्ने बेला गरेका सहमति पालना नगरेको भन्दै एमालेलगायत विपक्षी दलहरूले बैठक चल्न नदिने चेतावनी दिएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो। प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागि सरकारले विगतमा सरकारले गरेका सहमति पालना गर्नुपर्ने माग गरेको थियो।

लामो समयसम्म बिजिनेसविहीन हुँदा बस्न नसकेको बैठकमा यसपटक प्रदेश सरकारका तर्फबाट प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता भएका छन्। तर, संसद् बैठक नै बस्न नसकेर पटक-पटक स्थगित भइरहँदा प्रदेश सरकार, प्रदेश सभा र सांसदहरूकोसमेत कार्य क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ।

प्रदेश सभा सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ।