१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका सिन्धुपाल्चाेक
२o८१ बैशाख २२ शनिबार ११:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बाढीका कारण पुरियो मेलम्चीको हेडवर्क्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o७:oo

साउन अन्तिम साता मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानीको मुख्य बाँध हेडवर्क्स पुरिएको छ । यसअघि मंसिर मसान्तसम्म मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा ल्याउने मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको थियो । तर, हेडक्वर्स पुरिएपछि समयमै पानी ल्याउन सकस पर्ने समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए । ‘साउन २७ र २८ गते मेलम्ची नदीमा आएको बाढीका कारण हेडवर्क्स पुरिएको छ । बर्सातका कारण विभिन्न ठाउँमा बाटो बिग्रिएको छ । हेडवर्क्स नै पुरिएको र बाटो पनि बिग्रिएकाले अस्थायी रूपमै पनि समयमै पानी ल्याउन कठिन छ,’ पन्तले भने । 

बाढीले हेडवर्क्स पुरिनुका साथै १ नम्बर गेट मर्मत गर्नुपर्ने अवस्था छ । त्यस्तै, ९ नम्बर गेटमा पनि सफाइ गर्नुपर्ने अवस्था छ । मेलम्चीको पानी बर्खा सुरु भएसँगै गत असार पहिलो सातादेखि बन्द गरिएको थियो । यसअघि ०७८ असार १ र १५ साउनमा पनि मेलम्ची नदीमा आएको बाढीका कारण हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो भने यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति भएको थियो । आयोजनासम्म पुग्ने ६ वटा पक्की पुल पनि बगाएको थियो ।

बाटो बिग्रिँदा क्षतिको यकिन तथ्यांक आएन
मेलम्ची खोलामा आएको बाढीका कारण चनौटेस्थित रातो पुलदेखि किउलसम्म सात किलोमिटर सडक बगाएको छ । ग्याल्थुम र डुम्रे बजारको सडक खोलामा परिणत भएको छ । ‘स्थानीयले प्रयोग गर्ने बाटो भएकाले चनौटे पुलदेखि ग्याल्थुमसम्मको अस्थायी बाटो भर्खर मात्र बनेको छ । त्यसैले आयोजनामा अरू के–के क्षति भयो यकिन गर्न गाह्रो छ,’ प्रवक्ता पन्तले भने, ‘त्यसैले कति क्षति भयो कति लागत लाग्छ ? अस्थायी रूपमै भए पनि कहिले सम्पन्न भएर पानी आउँछ भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन ।’

काठमाडौं उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ  । मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा जोडिएको थियो । 

ad
ad