Skip This
काभ्रेको बनेपामा फुड फेस्टिभल हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Monday, 12 May, 2025
२o८o भदौ १८ सोमबार १८:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काभ्रेको बनेपामा फुड फेस्टिभल हुने

नेवारीदेखि स्थानीय परिकारको स्वाद लिन पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १८:४४:oo

काभ्रे जिल्लाको बनेपामा फुड फेस्टिभल नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ। स्थानीय खाना तथा संस्कार संस्कृतिलाई प्रर्वद्धन गर्नका लागि काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको आयोजनामा फेस्टिभल हुन लागेको हो।

सोमबार पत्रकार सम्मेलन गरेर आयोजकले सो कुरा जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा फेस्टिभल आगामी भदौ २२ र २३ गते हुने कार्यक्रम संयोजक तथा काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालु (मुनाल)ले जानकारी दिए। काभ्रेका स्थानीय खानाका परिकारहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको उनले बताए। देशको राजधानी काठमाडौं र काभ्रेलाई व्यवसायको माध्यमबाट जोड्नका लागि पनि फुड फेस्टिभल आयोजना गर्न लागेको उनको भनाइ छ।

काभ्रे जिल्लामा रहेको स्थानीय उत्पादनको परिकार, मौलिक भेषभूषासहितको संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरेको अध्यक्ष भालुले बताए। बनेपा नगरपालिका वडा नं. ७ भीमसेन मार्गमा सडकको दायाँबायाँ स्टल राखेर परिकारहरू प्रदर्शन गर्ने उनले जानकारी दिए। परम्परागत खाना, संस्कृति तथा भेषभूषालाई मूल्यांकन गरी प्रवर्द्धन गर्न, ऐतिहासिक, धार्मिक, पर्यटकीय, सामाजिक, भौतिक स्थलहरूको प्रचारप्रसार गर्न फेस्टिभलले सहयोग गर्ने अपेक्षा गरिएको छ।

१० लाखभन्दा बढीको लगानीमा फेस्टिभल हुन लागेको काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष शिव तिमल्सिनाले जानकारी दिए।