१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अर्धशतक बनाएका आसिफ आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

नेपाल र भारतबीचको खेलमा वर्षा भएपछि केहीबेर खेल रोकिएर पुनः सुरु भएकाे छ। ३०औँ ओभर सम्पन्न भएसँगै वर्षा भएपछि खेल केहीबेर रोकिएको थियाे।

३० ओभर समाप्त हुँदा नेपाल १३४–५ को अवस्थामा छ। नेपालका गुल्सन झा १८ र दीपेन्द्रसिंह ऐेरी ५ रन बनाएर खेलिरहेका छन्।

श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ सेख अर्धशतक बनाएर आउट भएका छन्। आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका छन्। यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका हुन्।

आरिफको खेल करियरकै दशौँ अर्धशतक हो। यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नवौँ अर्धशतक बनाएका छन्।  
यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो।

भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किएका हुन्। भारतका रवीन्द्र जडेजाले तीन विकेट लिएका छन्।