Skip This
भारतविरुद्ध आसिफको अर्धशतक पूरा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १८ सोमबार १७:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतविरुद्ध आसिफको अर्धशतक पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १७:o७:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ सेखले भारतविरुद्धको खेलमा अर्धशतक बनाएका छन्। श्रीलंकाकाे पालेकेले रंगशालामा जारी खेलमा आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका हुन्।

आरिफको खेल करियरकै दशाैँ अर्धशतक हो। यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नाै अर्धशतक बनाएका थिए। उनले अहिलेसम्म ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन्।

सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए। उनले एसिया कपअन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पाँच रन बनाएका थिए। पाकिस्तानका एक ब्याट्सम्यानको क्याचसमेत लिए। एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन्। उनको व्यक्तिगत उच्चरन ११० हो।

एसिया कपअन्तर्गतको आजको खेलमा टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालका लागि यसअघि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो ।

भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किएका हुन्। भारतका रवीन्द्र जडेजाले तीन विकेट लिएका छन्।