१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
२o८o भदौ १८ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अख्तियारको प्रत्यक्ष निगरानीमा सवारी ट्रायल परीक्षा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १५:o९:oo

वीरगन्ज महानगरपालिका– २३ प्रसौनीमा रहेको नारायणी यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रत्यक्ष निगरानीमा परीक्षा सञ्चालन हुँदै आएको छ।

‘जी’ वर्ग (बस)को ट्रायल परीक्षामा अख्तियारको हेटौँडा कार्यालयको टोलीले प्रत्यक्ष निगरानी गर्दै आएको छ। आयोगको हेटौँडाका प्रहरी निरीक्षक सागर घलेको नेतृत्वमा ट्रायल सेन्टरमा आफैँ खटिएर टोलीले परीक्षाको निगरानी गरिरहेको छ।

घलेका अनुसार सोमबार करिब साढे ३ बजेसम्म ३२० जनाले ट्रायल परीक्षा दिएकोमा हालसम्म १४ जना मात्र उत्तीर्ण भएका छन्। नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्ज लाइसेन्स शाखाकी ट्रायल प्रमुख बबिता जैसवालले जी वर्गको ट्रायलमा सात सय ५४ जनाले ट्रायल दिने जानकारी दिइन्।

पछिल्लो समय नारायणी यातायात व्यवस्था कार्यालयमा पैसा खुवाएर लाइसेन्स बनाउने गरिएको उजुरी परेपछि अख्तियारले प्रत्यक्ष निगरानीमा परीक्षा सञ्चालन गर्दै आएको हो।

तस्बिरहरू :