१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १८ सोमबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योगमन्त्रीले गरे भैरहवाको सेज र आइसिपीको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार ११:५१:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भैरहवाको एकीकृत भन्सार जाँच केन्द्र (आइसिपी) र विशेष आर्थिक क्षेत्र (सेज)को सेवा र पूर्वाधार अवस्थाको निरीक्षण गरेका छन् । अनुगमन तथा निरीक्षणमा मन्त्री रिजालले दुवै संस्थामा आवश्यक सुधार तथा चुस्त व्यवस्थापनमा जोड दिन निर्देशन दिएका थिए । उनले निजी क्षेत्रको विश्वास जितेर देशको आर्थिक गतिविधिलाई अघि बढाउन आइसिपी र सेजको महत्वपूर्ण भूमिका हुने भन्दै उद्योगी–व्यवसायीमैत्री भएर काम गर्नुपर्ने बताए ।

अनुगमनका क्रममा मन्त्री रिजालले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजका लागि सरकारले तोकेको ६० रुपैयाँ प्रतिस्वाक्यर मिटर जग्गा मूल्यलाई घटाएर प्रतिस्वाक्यर मिटर आठदेखि १० रुपैयाँसम्म बनाउन पहल गर्ने आश्वासनसमेत दिएका छन् ।

आइसिपी र सेजको अनुगमनपश्चात् मन्त्री रिजालले भैरहवाका उद्योगी–व्यवसायीसँग पनि भेटघाट गरेका थिए । उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री रिजालले उद्योगी–व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन–कानुन परिमार्जन गर्नुपर्ने भए सरकार गम्भीरतापूर्वक लाग्ने बताएका थिए । उनले उद्योग–व्यवसाय सबल नभई देश आर्थिक समृद्धितर्फ जान नसक्ने बताए ।

 अनुगमनमा मन्त्री रिजालसँगै सचिव मुकुन्द निरौला, इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेललगायतको सहभागिता रहेको थियो ।