१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर महानगरले कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अपांगतामैत्री आकाशे पुल निर्माण गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले गत आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो। महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक वर्षअघि नै उक्त स्थानमा पुल निर्माण गर्न सहमति माग्दै पत्राचार गरेको थियो।

आठ मिटरभन्दा बढीको सडकमा स्थानीय सरकारको क्षेत्राधिकार हुँदैन। ललितपुर महानगरले आकाशे पुल निर्माणका लागि केही दिनभित्र टेन्डर आह्वान गर्ने जनाएको छ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको उक्त स्थानमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक भएको बताए। उनले भने, ‘ उक्त स्थान सुरक्षाका दृष्टिले अति नै जोखिमपूर्ण छ। गएको एक वर्षमा छ–सातजनाको ज्यान गइसक्यो।’

कुसुन्तीको यातायात व्यवस्था कार्यालयनजिकैको चक्रपथमा पुल निर्माण गरिनेछ। महानगर प्रमुख महर्जनले ढिलै भए पनि आकाशे पुल निर्माणका लागि स्वीकृति दिएकोमा मन्त्रालयलाई धन्यवाद दिए। शौचालयकोसमेत व्यवस्था हुने यो आकाशे पुल टफन ग्लासबाट निर्माण गरिनेछ। यो ग्लास पारदर्शी हुन्छ।

महानगर प्रमुख महर्जनले महानगरले निर्माण गर्ने यो पुल उपत्यकाकै पहिलो अपांगतामैत्री पुल हुने दाबी गरे। उनले भने, ‘आकाशे पुल त धेरै छन्, तर ती पुलहरू अपांगतामैत्री, ज्येष्ठ नागरिकमैत्री छैनन्। बिरामी, अशक्तले प्रयोग गर्न सक्ने पुल बनेका छैनन्। यो पुल देशकै नमुना आकाशे पुल हुने उनको दाबी छ।
 
पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले प्राविधिक दृष्टिले कुसुन्तीमा निर्माण हुने पुल अब्बल हुने बताए। उनका अनुसार करिब ४ करोड रुपैयाँबराबरको लागतमा पुल निर्माण हुनेछ। दुई वर्षभित्र निर्माण सम्पन्न हुने इन्जिनियर महर्जनले बताए।