१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १६ शनिबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १६ शनिबार o९:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सौर्य ऊर्जा विकासमा इप्पानको चासो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १६ शनिबार o९:५३:oo

सरोकारवालाहरूले नेपालमा सौर्य ऊर्जा उत्पादनमा सुधार ल्याउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको नेपालमा ग्रिडजडित सौर्य आयोजनाको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका पेपर प्रस्तोताहरूले यो धारणा जनाएका हुन् ।  

फ्राइडे फोरमअन्तर्गत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले इप्पान भनेको जलविद्युत् उत्पादकहरूको मात्र संस्था नभएर सबै ऊर्जा उत्पादकहरूको छाता संस्था भएकाले सोलार विद्युत् प्रवद्र्धकका आवाज सरकारलाई सुनाउन कार्यक्रम आयोजना गरिएको बताए ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विगत १० वर्षदेखि इप्पानले फ्राइडे फोरम कार्यक्रम आयोजना गर्दै आएकोमा कोभिडका कारण चार वर्षसम्म कार्यक्रम आयोजना नभए पनि अबदेखि यसलाई ऊर्जा क्षेत्रका विविध विषयमा बहस पैरवी गर्ने कार्यक्रमका रूपमा अघि बढाउने बताए ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले सोलार विद्युत् उत्पादनका लागि पूर्ण खुला गरिदिनुपर्ने बताए । निजी क्षेत्रका मागसँग सधैँ साथसाथै रहेको भन्दै उनले आगामी दिनमा सोलार विद्युत्का विषयमा पनि आयोगले नीतिहरू बनाउने बताए । संघीय संसद्को पूर्वाधार विकास समितिका सदस्य माधव सापकोटाले अहिले प्रधानमन्त्री र ऊर्जामन्त्री दुवैजना आफ्नै पार्टीबाट सरकारमा रहेको भन्दै सोलार विद्युत्का यी तमाम विषयमा पार्टी र संसद् दुवै ठाउँमा आवाज उठाउने बताए ।