१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o भदौ १५ शुक्रबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच दिनदेखि बेपत्ता मेजर अझै सम्पर्कविहीन, घरघरमा खोजतलास गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १७:५५:oo

डोल्पाको दुनैस्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्। सदरमुकाम दुनैबाट सम्पर्कविहीन भएको पाँचौँ दिन बितिसक्दा पनि उनी सम्पर्कमा आएका छैनन्।

१० भदौमा इभिनिङ वाकमा गार्डसमेत नलिई ब्यारेकबाट निस्केका मेजर सोही दिनदेखि सम्पर्कविहीन छन्। सोही दिनदेखि नै व्यापक खोजीकार्य गर्दा पनि कुनै टुंगो नलागेको प्रमुख जिल्ला अधिकारी भूमिश्चर पोख्रेलले बताए। अहिले डोल्पा, रुकुम, जाजरकोट र जुम्लामा उनको खोजी भइरहेको पोख्रेलको भनाइ छ।

‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू परिचालन गरिएको छ। रातदिन नभनी डोल्पाका प्रत्येक घरघर, खोला–खाल्सा सबैमा सुरक्षाकर्मी पुगेका छन्। तैपनि पत्ता लाग्न सकेको छैन,’ पोख्रेलले भने।

‘काठमाडौं कागेश्वरी नगरपालिका डाँछी घर भएका मेजर पण्डितले हराएकै दिनमा त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट पुगेर नगद २६ हजार साटेका रहेछन्। झोला पनि किनेछन्, त्रिपुराकोटमै मोबाइल चार्ज गरेको र त्यसपछि एक होटेलमा पुगेर कोठा छ–छैन भनी सोधेको कुरा पनि अनुसन्धानबाट खुलेको छ,’ उनले थपे।

यी सबै कुरा नियाल्दा मेजरले सुसाइड गरेको हुन नसक्ने प्रजिअ पोख्रेलको दाबी छ। एउटा जिल्लाका सुरक्षा निकायको प्रमुख हराउँदा समग्र जिल्ला नै दुःखी भएको र अन्तिम अवस्थासम्म खोजीकार्य जारी राख्ने उनले बताए।

मेजर पण्डित हराएको दिनदेखि पुलिस र आर्मीको गाडी प्रत्येक दिनजसो त्रिपुराकोट बजारमा देखिएको छ। उनकै खोजीका लागि जुम्लाबाट कर्णेल सुमन श्रेष्ठ पनि रामवाण गुल्म सुलिगार्ड आइपुगेका छन्।

स्वभावले कमै बोल्ने बानी भएका मेजर पण्डित मानसिक हिसाबमा ठीक रहेकाले घरायसी विवादले कतै गएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्।