१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी वेस्ट बैंक
Invalid date format १५:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाब्लस सहरमा प्यालेस्टाइनी र इजरायली सैनिकबीच झडप

Read Time : < 1 मिनेट
एजेन्सी, वेस्ट बैंक
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

वेस्ट बैंकको नाब्लस सहरमा बिहीबार राति भएको झडपमा १० प्यालेस्टाइनी र चार इजरायली सैनिक घाइते भएका छन्। इजरायली सेनाको बल सैन्य बुल्डोजरसहित विस्फाेटक पदार्थ बोकेर आएपछि झडप सुरु भएको बताइएको छ।

इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यास प्वाइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस सहरमा आक्रमण गरेको थियो। जोसेफको चिहानसम्म जाने सडकहरू अवरुद्ध गर्दै प्यालेस्टाइनी नागरिकहरूले विरोध गरेका थिए।

उनीहरूले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए। प्रदर्शकारीलाई रोक्न सैनिकले रबरको गोली र अश्रुग्यास छोडेको थियो। सैनिकबाहेक झडपको क्रममा ५६ प्यालेस्टाइनी नागरिक घाइते भएका बताइएको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल